|  

विश्वकप खेल्न गएका सन्दीपलाई हरिवंशको शुभकामना

२८ जेठ,काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले सन्दीप लामिछानेलाई टी-२० विश्वकपका लागि शुभकामना दिएका छन् ।

वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुन सोमबार त्यहाँ पुगेका लामिछानेलाई आचार्यले बधाई र नेपाली टोलीलाई सफलताको शुभकामना दिएका हुन् । लामिछानेले वेस्ट इन्डिजमा बङ्गलादेश र साउथ अफ्रिकासँग खेल्नेछन् ।