|  

फिल्म ‘अस्ट्रेलियन दुल्हा’को छायांकन सुरु

२८ जेठ, काठमाडौं । फिल्म ‘अस्ट्रेलियन दुल्हा’को छायांकन सुरु भएको छ ।

पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा शुभसाइत पूजा गर्दै फिल्मको छायांकन थालिएको हो । रेहान मियाको पटकथा र निर्देशन रहेको फिल्मले विवाह गरेर डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जाने र उतै बस्ने युवापुस्ताको पछिल्लो प्रवृत्तिलाई व्यंग्य गर्छ । २५ दिनसम्म चितवनका विभिन्न थलोमा फिल्म छायांकन हुँदैछ ।

फिल्ममा किशोर खतिवडा, प्रवीण आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अञ्जन शर्मा, केदार दवाडी, श्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय हुनेछ ।