|  

त्रिविले एकै पल्ट माग्यो ५८८ प्राध्यापकको आवेदन (सूचनासहित)

९ फाुन, काठमाडौं । त्रिभूवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा विभिन्न विषय अध्यापन गराउन चाहनेका लागि उपप्राध्यापकदेखि प्राध्यापकसम्मको आवेदन खुला भएको छ। त्रिभूवन विश्वविद्यालय सेवा आयोगले आइतबार गोरखापत्रमार्फत् सूचना निकालेको हो ।

आयोगले खुलातर्फ १४ जना र आन्तरिकतर्फ ६३ जना प्राध्यापकका लागि विज्ञापन खुलाएको हो । यसैगरी, खुलातर्फ २० जना र आन्तरिकतर्फ ८० जना सहप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । उपप्राध्यापक पदमा भने खुलातर्फमात्रै झण्डै साढे पाँच सय जनाका लागि विज्ञापन खुलाइएको छ ।

आयोगले प्राविधिक तथा गैरप्राविधिक विषयमा प्राध्यापक माग गरेको हो। प्राध्यापक पदका लागि तीन हजार पाँच सय र सहप्राध्यापकका लागि तीन हजार दुई सय आवेदन दस्तुर लाग्नेछ । प्रतिस्पर्धा गर्न चाहनेले चैत १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत २१ गतेसम्म दरखास्त दिन सक्ने छन् ।

https://drive.google.com/file/d/1Gm9BkHvShMCRkfVav439lD_wxuuo0V2a/view