|  

फिफा विश्वकप छनोट २०२६ : यमनसँग भिड्दै नेपाल

२९ जेठ, काठमाडाैँ ।  फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणको अन्तिम खेलमा नेपालले मंगलबार यमनविरुद्ध प्रतिस्पर्धा गर्दै छ । 

यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ११ः४५ देखि साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा सुरु हुनेछ ।  दोस्रो चरणको समूह एचमा रहेको नेपाल हालसम्म जितविहीन छ । 

नेपालले यसअघि यही मैदानमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेलेको थियो । उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो । पाँच खेल खेल्दा पनि अंकविहीन नेपाल तालिकाको पुछारमा छ । 

नेपालले हालसम्म छनोटको दोस्रो चरणमा १८ गोल बेहोर्दा एक गोल पनि गर्न सकेको छैन । समान खेलबाट चार अंक जोडेको यमन तालिकाको चौथो स्थानमा छ । यमनले समान एक खेलमा जित र बराबरी गर्दा तीन खेलमा हार बेहोरेको छ ।