२९ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेको छ ।
नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०–८१–०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरेको हो ।
नेपाली सेनाको वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरू मध्ये इच्छुक उम्मेदवारले ७ दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।