|  

सुनको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

२९ जेठ, काठमाडाैँ ।  नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम भएको हो । 


यस्तै मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्यचाहिँ केही घटेको छ । 

सोमबार तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा उल्लेख छ ।