|  

"आकाशमा भएपनि खोजेर जीबी राई ल्याउँछु भन्ने गृहमन्त्री किन चुप" ?

२९ जेठ, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले काम गर्न नसक्दा जनता निराश भएको बताएका छन् ।

मङ्गलबार जारी प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै शाहीले पुराना दलहरूले काम गर्न सकेनन् भनेर निर्वाचित भएर आएका गृहमन्त्री लामिछानेले काम गर्न नसक्दा जनता निराश भएको बताएका हुन् । 

“आकाशमा भएपनि, पातालमा भएपनि खोजेर जीबी राई ल्याउँछु भन्ने गृहमन्त्री किन चुपचाप ? आज दिनमा देश ठूलो कि जीबी राई ठूलो हो ?,” शाहीले भने ।

यस्तो उनले ‘हाम्रो देशको परराष्ट्र नीति पञ्चशिलको आधारमा बनेको छ । हाम्रो देशको प्रधानमन्त्री भारत भ्रमणमा जानुहुन्छ उहाँ व्यक्तिगत रूपमा पुष्पकमल दाहालको रूपमा नभएर सम्माननीय नेपालको प्रधानमन्त्रीको हैसियतमा जानुहुन्छ भारतले गर्ने आत्मसम्मान प्रधानमन्त्रीलाई गरेको हो कि सिंगो नेपाललाई गरेको हो ? त्यो सम्मान हेर्दा कुनै प्रदेशका मुख्यमन्त्री भारत गइरहेका छन् । त्यहाँको प्रधानमन्त्रीको शपथमा हाजिर लगाइरहेका छन् ।’

उनले भारतमा नेपालको प्रधानमन्त्रीलाई हुने गरेको सम्मानप्रति प्रश्न उठाउँदै उनले भने, ‘भारतमा त्यस्तो हुन्छ नेपालमा आउँदा बाटो बन्द गरेर तामझामको साथ एयरपोर्टमा बाजागाजा हुन्छ । म प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु ।’