|  

फिल्म ‘ह्रस्व दीर्घ’: निताकाे हातमा बज्र

२९ जेठ, काठमाडौं । नायिका नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्म ‘ह्रस्व दीर्घ’ को पहिलो लुक्स सार्वजनिक गरिएको छ ।

नेपाल र भारतमा गरी तीन चरणमा छायाङ्कन गरिएको फिल्मको पहिलो लुक्समा भारतीय कलाकार ब्रह्मानन्दम भने पछाडी छन् । फिल्ममा उनको भूमिका पनि छोटो छ । लुक्समा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ भने भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आआफ्नो चरित्रमा देखाइएको छ । असोज ३ गतेबाट रिलिज हुने फिल्ममा चन्द्र पन्तको निर्देशन छ ।

फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रवीन्द्र झा, ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ । हरिहर अधिकारीको कथा लेखन रहेको फिल्ममा भारतीय छायांकार कवीरलालको छायाकन छ । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौँ बलिउड फिल्म खिचेका छन् ।

फिल्ममा मित्र डि गुरुङको सम्पादन तथा रामजी लामिछाने र बलिउडकी सुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।