|  

हृदयाघातका कारण लेखा अधिकृतको मृ#त्यु

२९ जेठ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षेत्रीको हृदयाघातका कारण ज्यान गएको छ ।

वीरेन्द्रनगर-७ निवासी क्षेत्रीले सुर्खेतको पर्यटकीय स्थल बुलबुले तालमा मोटरबोट उद्घाटन समारोहमा उद्घोषक बनेका थिए । उक्त कार्यक्रमपछि छाँती दुखेको बताएका क्षेत्रीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा ज्यान गएको हो । ५२ वर्षीय क्षेत्रीले २०७४ साउन १५ बाट वीरेन्द्रनगर नगरपालिकामा लेखा अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।