|  

रुसी सैन्य विमान दुर्घटनाः २ पाइलटको मृ#त्यु

२९ जेठ, काठमाडौं । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रुसी सैन्य जेट दुर्घटनामा परेको छ ।
उक्त दुर्घटनामा सैन्य जेटमा सवार दुईजनाको ज्यान गएको छ । तर सुखोई-३४ जेट पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको बताइएको छ । प्रारम्भिक अनुसन्धानबाट प्राविधिक समस्याका कारण दुर्घटना भएको आँकलन गरिएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरेको बताइएको छ ।