|  

राजेन्द्र पाण्डेको स्पष्टिकरणः पार्टीभित्र वैचारिक मतभेद छैन 

२९ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीभित्र वैचारिक मतभेद नभएको दाबी गरेका छन्।

आज संसद भवन परिसरमा सञ्चारकर्मीहरुले अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच बैचारिक मतभेद रहेको छ नि? भनेर प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफमा उनले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा एउटै दस्ताबेज तयार भएकाले पनि पार्टीभित्र वैचारिक मतभेद भएको भनेर भन्न नमिल्ने धारणा ब्यक्त गरे । उनले सबै नेताहरू मिलेर महाधिवेशनमा प्रस्तुत गर्नका लागि एउटै दस्तावेज बनाएकाले त्यसो भन्न नसकिने बताए।

उनले नेताहरूबीच पार्टी नेतृत्वको लागि पहल हुनुलाई भने स्वभाविक रुपमा लिनुपर्ने बताए।उपाध्यक्ष पाण्डेले भने, ‘पार्टीभित्र वैचारिक मतभेद छ भन्नेकुरा मात्रै हो जस्तो लाग्छ। किनभने वैचारिक मतभेद भए त दुईवटा दस्तावेज छुट्टै बन्थ्यो होला नि। दस्तावेज त सबै सल्लाह मिलाएर एउटै दस्तावेज बनेको छ त वैचारिक मतभेद कहाँ छ भन्ने ?’