|  

फिल्म ‘देवी’ आगामी तीजमा रिलिज हुने तयारीमा

३१ जेठ, काठमाडौं । महिलामाथि हुने यौनहिंसा विरुद्धको कथावस्तुमा बनेको फिल्म ‘देवी’ आगामी तीजमा रिलिज हुने भएको छ ।

निर्माताले आज पोस्टर सार्वजनिक गर्दै २१ भदौलाई प्रदर्शन मिति तय गरेका हुन् । पोस्टरमा शिल्पा मास्केको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ । सञ्जोग राई निर्देशित फिल्ममा शिल्पाले पत्रकारको भूमिका निर्वाह गरेकी छन् । क्राइम थ्रिलर जनरामा बनेको फिल्म रिलिजमा रामबाबु गुरुङको बाँसुरी फिल्म्सले सघाउने भएको छ । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बाँसुरी फिल्म्ससँगको सहकार्यमा फिल्म प्रदर्शन हुन लागेको हो ।