|  

प्रभु बैंक र आगन्तुक रिसोर्ट बिच विशेष छुट सम्झौता

३१ जेठ, काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक(Front Office) सुवास कार्की द्घारा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

चण्डेश्वरी, धनेश्वर,देवीस्थान, गौखुरेश्वर,नमोबुद्ध,बेथानचोक नारायण,गोसाईकुण्ड(काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश,जुगल जस्ता अन्य विभिन्न मनमोहक दृश्य अवलोकन समेत गर्न सकिन्छ । आन्तरिक एवंम बाह्रय पर्यटकका लागी काभ्रे जिल्ला अति उत्तम र रमणिय स्थलको रुपमा प्रख्यात छ । बिहानको सुर्यको उदय देखी साँझको अस्थायको सुर्यास्थको दृश्य अवलोकन मज्जाले गर्न सकिन्छ ।