|  

सेयर बजार घट्यो, काराेबार ६ अर्ब ४४ करोडको

३१ जेठ, काठमाडौं । बिहीबार सेयर बजारमा बिहीबार घटेको छ । । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९।३२ अंकले घटेको हो ।  १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

आज दुई कम्पनीको सेयर क्रमशः २८ करोड ४७ लाख रुपैयाँ र २० करोड ५७ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको छ । यस्तै संवृद्धि फाइनान्स कम्पनीको १७ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । 

आज डेभलपमेन्ट बैंक समूह र फाइनान्स समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । डेभलपमेन्ट बैंक र फाइनान्स समूहको उपसूचक भने क्रमशः १.३१ प्रतिशत र २.०३ प्रतिशतले बढेका छन् । 

९४ कम्पनीको सेयर मूल्य बढ्दा आज १४७ कम्पनीको मूल्य घटेको छ । ५ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।