|  

ताप्लेजुङमा पहिरोले एकै परिवारका चार जनाको मृ#त्यु, दुई घाइते

३२ जेठ,काठमाडौं ।  ताप्लेजुमा  पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने  अन्य दुईजना घाइते भएका छन् । पहिरोमा पुरिएर मृत्यु हुनेमा ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो ।

यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन् । गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।