|  

पब्जी मोबाइल सुपर लिगको आधिकारिक फोन ‘इन्फिनिक्स जीटी-२० प्रो’ नेपाल भित्रिँदै

३२ जेठ,काठमाडौं । डुअल चिप्स सहितको पहिलो फ्ल्यागसिप ईस्पोर्ट्स स्तरको मोबाइल फोन इन्फिनिक्स जीटी-२० प्रो नेपालमा चाँडै भित्रिने भएको छ ।

युवा पुस्ता लक्षित यो फोन विश्व बजारमा भने सार्वजनिक भइसकेको छ । दक्षिण एसिया क्षेत्रमा प्रतिष्ठित पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) का लागि आधिकारिक गेमिङ फोनको रूपमा इन्फिनिक्स जीटी २० प्रो रहेको कम्पनीको भनाइ छ । लाइभ प्रतियोगिता २२ मे देखि १५ जुनसम्म काठमाडौंमा हुँदैछ । इन्फिनिक्सले मोबाइल गेमरहरूलाई अतुलनीय गेमिङ अनुभवका लागि आवश्यक उपकरणहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।

इन्फिनिक्स जीटी-२० प्रो को असाधारण प्रदर्शनले खेलाडीहरूलाई नयाँ उचाइमा पुर्‍याएको कम्पनीले जनाएको छ । इन्फिनिक्स जीटी -२० प्रो १२० एफपीएसमा पब्जी मोबाइललाई समर्थन गर्ने विश्वभरका स्मार्टफोनहरूमध्ये एक भएको कम्पनीको दाबी छ । क्लिन एन्ड पियोर ओएस २।० सँग फोनले अनावश्यक सफ्टवेयरबाट मुक्त गरी गेमिङ वातावरण प्रदान गर्दछ ।

हाइपर चार्ज मोड, ५००० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङ यो फोनको अर्को महत्त्वपूर्ण विशेषता हो ।१२+५६ जीबी र ८+५६ जीबी मेमोरी रहने इन्फिनिक्स जीटी २० प्रो मेका ब्लु, मेचा ओरेन्ज र मेचा सिल्भर जस्ता आकर्षक रंगहरूमा उपलब्ध छन्।