|  

घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ?  

३२ जेठ,काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रूपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यता तेजाबी सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी पनि तोलामा  १० रूपैयाँले घटेर प्रतितोला १८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।