|  

भक्तपुरमा १५ वर्षीया किशोरीमाथि पटक-पटक बलात्कार,  एक पुरुष पक्राउ

३२ जेठ,काठमाडौं ।  भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरेपमा एक पुरुष पक्राउ परेका छन् ।

 पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङ रहेका छन् ।  तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक-पटक र पछिल्लो पटक २०८१ जेठ १२ गते दिउँसो भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित न्यु भक्तपुर गेस्ट हाउसमा पुर्‍याएर जबरजस्ती करणी गरेका थिए ।

सोही उजुरीको आधारमा  जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।