|  

अभिनेता प्रदीप विजयनको निधन 

३२ जेठ,काठमाडौं ।  दक्षिण भारतीय अभिनेता प्रदीप के विजयनको निधन भएको छ। उनको शव उनकै घरको बाथरूममा फेला परेको हो ।

उनका साथीले पछिल्लो २ दिनदेखि उनलाई फोन गर्ने कोसिस गरिरहेका थिए। उनको फोन नउठेपछि साथीहरूले पुलिसलाई जानकारी दिएका थिए। हाल पुलिसले प्रदीपको शवलाई पोस्टमार्टमको लागि सरकारी अस्पतालमा पठाएको छ ।