|  

ललितपुरको जावलाखेलमा बेहोस अवस्थामा भेटिएका दम्पतीको मृ#त्यु 

१ असार, काठमाडौं । ललितपुरको जावलाखेलमा बेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भएका दम्पती जावलाखेलको अल्का अस्पताल पछाडि डेरा गरी बस्दै आएका थिए ।बेहोस अवस्थामा भेटिएका २५ वर्षी उमेश सेन्चुरी र २५ वर्षकै उनकी श्रीमती रेणु सेन्चुरीको उपचारको क्रममा पाटन अस्पतालमा गएराति मृत्यु भएको हो । सेन्चुरी दम्पतीको घर सिन्धुपाल्चोक भए पनि ठेगाना खुल्न सकेको छैन ।

गएराति ८ बजेतिर अर्धबेहोस अवस्थामा प्रहरीले फेला परी दुवै जनालाई उपचारको लागि पाटन अस्पताल लगेको थियो ।  शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । ११ वर्ष अघि बिहे गरेका उमेश र रेणुबीच पछिल्लो समय सम्बन्ध सुमधुर नदेखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाई छ ।