|  

थारू भाषामा पठनपाठन

१ असार, काठमाडौं । बर्दियामा विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको हो ।

यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको छ । थारु भाषामा तयार उक्त पाठ्यक्रम पहिलो चरणमा कक्षा १ देखि ३ सम्म अध्यापन हुने जनाइएको छ ।पाठ्यक्रमले बालबालिकाका लागि मातृभाषामा सुन्न, बोल्न र लेख्ने सीपको विकास गर्ने अपेक्षा गरिएको छ ।

थारू भाषालाई दिगो बनाई थप फराकिलो बनाउँदै थारू भाषाको संरक्षण, प्रवर्द्धन र विकासमा टेवा पुर्‍याउने लगायत उद्देश्यले अध्यापन गराउन लागिएको जनाइएको छ । यसअघि पनि नगरपालिकाका केही विद्यालय थारु भाषामा पठनपाठन सुरु गरेपछि निरन्तरता पाउन सकेको थिएन । पहि