|  

काठमाडौंमा आज साँझदेखि शीतल हुने

१ असार, काठमाडौं ।  काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा शनिबार केही घटेको छ ।

शनिबार साँझदेखि केही शीतल हुने मौसम विज्ञान विभागले जनाएको छ । शनिबार साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने छ ।  शनिबार अपराह्न र राति मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने विभागले जनाएको छ ।

शनिबार उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । शुक्रबार उपत्यकाको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।