|  

सयदिन टिक्नु नै सरकारको उपलब्धि भएको राजेन्द्र लिङदेनको टिप्पणी

०१ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रचण्ड नेतृत्वको सरकारको उपलब्धि भनेकै एक सय  दिन टिक्नु भएको टिप्पणी गरेका छन् ।

पार्टीको प्रशिक्षण कार्यक्रममा उनले सरकार भ्रष्टाचारीको रक्षाकवच बनेको भन्दै यस्तो बताएका हुन् । जनताको जीवनस्तर जहाँको त्यहीँ भएको भन्दै उनले ओलीलाई आफूले जुम्लामा सहयोग गर्नुभन्दा खिस्याएको स्मरण गरे । उनले भने‘ज्ञानेन्द्र शाही पार्टीमा जोडिएपछि मैले उहाँलाई जुम्लामा चुनाव लड्नुपर्छ भनेँ । उहाँले स्विकार्नुभयो । उहाँको व्यक्तित्व र हाम्रो विश्लेषणले काम गर्‍यो । सहकार्यको विषयमा कुरा गर्दा हामीले केपी ओलीसँग कुरा गर्‍यौँ । कांग्रेस र माओवादी गठबन्धनको ३६ हजार मत छ । हाम्रो ५०० मात्रै छ । तपाईँहरूको १२ हजार मात्रै छ । एमालेले जित्दैन, दुइटा प्रदेश लिएर सहयोग गरिदिनुस् भन्दा उहाँले कडा खिस्याएर ५०० लाई केको लागि सहयोग गर्ने भन्नुभयो । मान्नुभएन । तर, परिणाम आयो ।’