|  

सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड 

१ असार, काठमाडौं ।  सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ३१ अर्ब ६२ करोड रुपैयाँ को बजेट  ल्याएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्षका लागि साढे ३१ अर्बभन्दा बढीको बजेट ल्याएका हुन् ।

उनले दिउँसो ४ बजेदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभामा करिब डेढ घण्टा लामो भाषणमार्फत आगामी वर्षको बजेट प्रस्तुत गरे । मन्त्री पालले असार १ गते प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्थाअनुसार बजेट भाषण गरेका हुन् ।

मन्त्री पालले आगामी आर्थिक वर्षदेखि प्रदेशको आम्दानी बढाउनका लागि करका दरसमेत हेरफेर गरेका छन् । उनले घरजग्गा लगायत क्षेत्रको करका दर हेरफेर गरेको जानकारी दिए । उनले टाँगा र रिक्सा जस्ता यातायातका साधनमा समेत कर लगाउने र स्थानीय तहसँग बाँडफाँड गर्ने व्यवस्था गरेका छन् ।