|  

प्रतिनिधिसभा बैठक बस्दै

२ असार, काठमाडौं ।  संघीय संसदअन्तर्गत् प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्नेछ ।

बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने संसद् सचिवालयको कार्यसूचीमा उल्लेख छ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने लगायतको कार्यसूची रहेको छ।