|  

टी-२० विश्वकपः समूहचरणको अन्तिम खेलमा इंग्ल्याण्ड विजयी

२ असार, काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डले समूह चरणको अन्तिम खेलमा जित निकालेको छ ।

शनिबार राति भएको वर्षाले प्रभावित खेलमा नामिबियालाई ४१ रनले पराजित गरेको हो । सुपर ८ मा पुग्न अब इंग्ल्याण्डले अष्ट्रेलिया र स्कटल्याण्डको खेलको नतिजामा भर पर्नु पर्नेछ । समूह ‘बी’ को अन्तिम खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई हराएमा इंग्ल्याण्डको अन्तिम आठमा प्रवेश गर्ने छ ।

नामिबियाले टस जितेर बलिङ रोजेको थियो । इंग्ल्यान्डले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १२१ रन बनाए पनि डिएलएस पद्धतिमा १२२ बाट १२७ रन बनाएको थियो । जवाफी इनिङ्समा नामिबियाको सुरुवात सुस्त रह्यो र टोलीले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ८४ रन मात्र बनाउन सकेन ।