|  

सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

२ असार, काठमाडौं ।  संघीय संसद अन्तर्गत आज राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयकका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि प्रेस काउन्सिलसँग छलफल गर्ने कार्यसूची रहेको छ ।