|  

विद्यार्थीले बनाए चुनावमा गरेका बाचाहरु बिर्सने नेताहरुलाई सम्झाउने ‘एआई कुर्सी’

२ असार, काठमाडौं । भारतमा एक विद्यार्थीले चुनावमा गरेका बाचाहरु बिर्सने जनप्रतिनिधि वा नेताहरुलाई उक्त बाचा र प्रतिबद्धताहरु सम्झाउन ‘एआई कुर्सी’ बनाएका छन् ।

एक भारतीय विद्यार्थी अंशित श्रीवास्तवले बनाएका हुन्, जो गोरखपुरको एक कलेजमा कम्प्युटर विज्ञान प्रथम वर्षका विद्यार्थी हुन्।उनले बनाएको ‘एआई कुर्सी’ ले नेताहरुलाई बस्ने बित्तिकै उनीहरुका वाचाहरु सम्झाइदिन्छ । जनताहरु धेरै आक्रोशित भएमा कुर्सीले जनताको असन्तुष्टिको बारेमा समेत नेताहरुलाई जानकारी गराउने छ । भावी भारतीय प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ध्यानमा राखेर ‘एआई चेयर’ बनाएको उनले बताएका छन्।

समाचार प्रतिवेदनका अनुसार कुर्सीमा रातो र हरियो बत्ती जडान गरिएको छ, जसको सहयोगमा नेताहरूको कामको मूल्याङ्कन हुनेछ । यो मूल्याङ्कन जनता आफैंले गर्नेछन् र उनीहरूलाई सामाजिक सञ्जालमार्फत ‘राम्रो’ वा ‘खराब’ अंक दिइनेछ।अंशितका अनुसार एआई चेयरमा सेन्सर जडान गरिएको छ ।  उनीहरुको सक्रियतासँगै नेताहरुले सङ्केत पाउन थाल्ने छन्। उसको काम कतिले रुचाएका छन् र कति जना उनीप्रति रिसाउँछन् भन्ने कुर्सीबाटै थाहा हुनेछ ।

लाखौं लाइक पुगेपछि एआई चेयर सक्रिय हुनेछ । कुर्सीमा बस्ने व्यक्तिले आफ्नो कामको जानकारी र लोकप्रियताको बारेमा पनि थाहा पाउनेछ।एआई कुर्सीमा देशभक्तिको गीत पनि बजाइन्छ र जनता रिसाएपछि यो आफैं हल्लिनेछ। उनले उक्त कुर्सी विद्यार्थीहरुको सहयोगमा भारु ३५ हजार खर्चेर १५ दिनमै तयार पारेका हुन् ।  एआई चेयर बनाउन एन्ड्रोइड स्मार्टफोन, रातो र हरियो इन्डिकेटर, पिन केबल, फाइबर चेयर, पीसीबी बोर्ड, ब्याट्री आदिको प्रयोग गरिएको स्रोतले जनाएको छ ।