|  

टी-२० विश्वकपः अस्ट्रेलियाको लगातार चौथो जीत

२ असार, काठमाडौं ।  आईसीसी टी-२० विश्वकपमा अस्ट्रेलियाले स्कटल्याण्डलाई हराएको छ ।

आइतबार बिहान सम्पन्न खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । अस्ट्रेलियाको यो लगातार चौथो जीत हो ।

अस्ट्रेलियाको जीत साविक विजेता इंग्ल्यान्डका लागि वरदान साबित भएको छ । नेट रन रेटका आधारमा स्कटल्यान्डलाई पछि पार्दै इंग्ल्यान्ड सुपर ८ मा प्रवेश गरेको छ ।

दुई टोलीको अंक समान भए पनि इंग्ल्यान्डको रन रेट स्कटल्यान्डभन्दा राम्रो रहेको छ । स्कटल्याण्ड भने बाहिरिएको छ ।