|  

हतियार देखाएर सुनचाँदी पसलमा लुटपाट

२ असार, काठमाडौं । चितवनमा सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट भएको छ ।

हिजो शनिबार राती  कालिका नगरपालिपका ६, खोलेसिमलमा ८ः४० को समयमा विनोद सुनारको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट गरिएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लुटपाट गर्ने समूहले ३५ किलो चाँदी, ३ किलो सुन र दुई लाख रुपियाँ लुटेर लगेका हुन् ।

पसल बन्द गर्न अगाडिका दुई सटर झारिसकेको र एउछा मात्रै ढोका बन्द गर्न लाग्दा समुहमा आएका लुटेराले पेस्तोल देखाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस नै खोलेर लगेको प्रहरीले जनाएको छ । प्रहरीले लुटपाटमा संलग्न भएको आशंकामा ४ जनालाई पक्राउ गरि सोधपुछ गरिरहेको जनाएको छ ।