|  

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ? 

२ असार, काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १६ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता  तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी आज तोलामा २० रुपैयाँले बढेर प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।