|  

माओवादी समाप्त हुने अन्तिम संघारमा छः सिंह

२ असार, काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले माओवादी पार्टी समाप्त हुने अन्तिम संघारमा रहेको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेट माओवादीका सांसदका लागि मात्र लक्षित गरेर आएको आरोप लगाए। ‘यो बजेट केही व्यापारीले बनाएको हो, अर्थमन्त्रीको इन्ट्रेस्टमा ।

यो बजेट केबल माओवादीका ३२ सांसदका लागि हो । २७५ जना सांसदको भनेर सोच्नु दिवासपना हो,’सिंहल भने, ‘किनकि माओवादी पार्टी समाप्त हुने अन्तिम तगारोमा छ ।

आफ्नो सांसद भएको ठाउँ र जित्न सक्ने ठाउँमा मात्र बजेट खन्याइएको छ । हामीजस्ता निर्दा सांसदकोमा बजेट छैन ।’