|  

पाल्पामा जीप दुर्घटना हुुँदा ९ जना घाइते

२ असार, काठमाडौं ।  पाल्पामा जीप दुर्घटना हुुँदा ९ जना घाइते भएका छन् ।

निस्दी गाउँपालिका स्थित झ्याल्टुङ कच्ची सडक खण्डमा दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् । होराइजन डेन्टल अस्पताल रामपुर पाल्पाबाट मित्यालको भिरपानीमा डेन्टलसम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ जाँदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो जिप आफैँ अनियन्त्रित दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुने सबै पाल्पाको रामपुर नगरपालिकाका बासिन्दा हुन् । घाइते सबैको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।