|  

खाल्डोमा खसेका बालक मृत फेला

०२ असार,काठमाडौं । पोखरामा पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत फेला परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका-३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेका ९ वर्षिय गणेश विक मृत अवस्थामा भेटिएका हुन । उनी शनिबार साँझ ५ बजे पुल बनाउन खनेको खाल्डोमा खसेका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको टोलीले उनको शव निकालेको थियो ।