|  

कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

२ असार, काठमाडौं ।  कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर ५ कुमारीपाटीमा रहेको सहकारीको बचत अपचलन आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष तनहुँ घर भई गोकर्णेश्वर बस्ने ४३ वर्षीय तेजबिक्रम थापा, ललितपुर महानगरपालिका वडा नम्बर १८ बस्ने व्यवस्थापक, काठमाडौंको कीर्तिपुर बस्ने ५३ वर्षीय भीमसेन महर्जन र चाबहिल बस्ने सदस्य ४७ वर्षीय ४७ वर्षीय सञ्जय सापकोटा रहेका छन् ।

पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान गर्न कार्यालयले जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ।