|  

जोकोभिचलाई कीर्तिमानी उपाधि

काठमाडौं । शीर्ष वरियताका सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिचले नवौं पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् । मेलबर्नमा आइतबार भएको अन्तिम तथा निर्णायक खेलमा रुसी खेलाडी ड्यानिल मेद्भेदेवलाई हराउँदै  जोकोभिचले नवौं पटक उपाधि कब्जा गरेका हुन् ।

जोकोभिचले मेदभेदेबलाई ७–५, ६–२ र ६–२ को सेटमा हराए । उनले लगातार तेस्रो वर्ष अष्ट्रेलियन ओपन जितेको छन् भने ९ पल्ट अष्ट्रेलियन ओपन जित्ने पहिलो खेलाडीको कीर्तिमान समेत रचेका छन् । 

३३ वर्षीय जोकोभिचको खेल जीवनमा यो १८औं ग्राण्डस्लाम उपाधि हो । महिला एकलतर्फको उपाधि भने जापानी खेलाडी नाओमी ओसाकाले जितेकी छिन् । अन्तिम तथा निर्णायक खेलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई हराउँदै गर्दै ओसाका बिजेता बनेकी हुन् । –एजेन्सी