|  

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृ#त्यु

२ असार, काठमाडौं ।  भारतमा पर्यटक बोकेको एउटा यात्रुवाहक गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट ​​पर्यटक बोकेको यात्रुवाहक गाडी अनियन्त्रित भई करिब ३०० मिटर तल अलकनंदा नदीको किनारमा खस्दा १४ जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका छन् ।

गुरुग्रामबाट २६ यात्रु बोकेर तुंगानाथ–चोपटा जाँदै गरेको टेम्पो ट्राभलर गाडी शनिबार बिहान ११ः३० बजे रुद्रप्रयाग मुख्यालय नजिकै दुर्घटनामा परेको थियो । साँझसम्म घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

जसमध्ये ३ जनाको अझै सनाखत हुन सकेको छैन । यो घटना रुद्रप्रयाग जिल्ला सदरमुकामबाट करिब ७ किलोमिटर टाढा रहेको रैतोली नामक ठाउँ नजिक भएको हो ।