|  

नयाँ कर व्यवस्थामा केही व्यापारिक समूहलाई प्रत्यक्ष लाभ हुने आरजुकाे आशंका 

०२ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले ससंद्‍मा प्रस्तुत बजेट र आर्थिक विधेयकका केही व्यवस्था हेर्दा विशेष व्यापारिक समूहलाई प्रत्यक्ष कर छल्न सजिलो हुने नीति ल्याइएको बताएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि विभिन्न मन्त्रालयगत छलफलमा भाग लिने क्रममा राणाले नयाँ कर व्यवस्थामा केही विशेष व्यापारिक समूहलाई प्रत्यक्ष लाभ हुने आशंका देखिएको बताएकी हुन् । उनले भनेकी छन्, ‘आयकर ऐनको धारा ५७ (१) को प्रस्तावित प्रावधानमा मैले कुनै आर्थिक वा प्रशासनिक तर्क देख्‍न सकेको छैन । यदि समस्या भए हामीले नियम वा निर्देशिकामार्फत सच्याउन सक्छौँ ।’