|  

बाँकेमा गर्मीका कारण एक जनाको मृ#त्यु

०२ असार, काठमाडौं । बाँकेमा अत्यधिक गर्मीका कारण एक जना व्यवसायीको मृत्यु भएको छ ।

केही दिनयता अत्यधिक गर्मी बढेको बाँकेको खजुरा गाउँपालिकास्थित खजुरा बजारमा रहेको मेट्रो ज्वेलर्सका सञ्चालक टोपेन्द्र सुनारको शनिबार मृत्यु भएको हो । उनी मोटरसाइकलमा घरबाट पसलतर्फ गइरहेका बेला चक्कर लागेपछि सडक किनारमा रोकेका थिए । त्यसपछि उनी त्यहि बेहोस भएका थिए । खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अत्यधिक गर्मी बढेको मध्य दिउँसो मोटरसाइकल लिएर सडकमा निस्केका सुनार गर्मीकै कारण चक्कर लागेर सडक किनारमा बेहोस भएको स्थानीयले बताएका छन ।