|  

वेस्ट इन्डिजले बनायो विश्वकपको सबैभन्दा ठूलो स्कोर

४ असार, काठमाडौं ।  जारी आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत वेस्ट इन्डिजले अफगानिस्तानलाई २१९ रनको लक्ष्य दिएको छ ।

वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रनको विशाल स्कोर खडा गरेको हो ।

वेस्ट इन्डिजले अफगानिस्तानलाई दिएको यो लक्ष्य जारी विश्वकपको सबैभन्दा ठूलो स्कोर हो । यसअघि अस्ट्रेलिया र श्रीलंकाले २०१ रन बनाएको थियो ।