|  

खेल्ने क्रममा एम्बाप्पेको नाक भाँचियो

४ असार, काठमाडौं । फ्रान्सका स्टार खेलाडी किलियान एम्बाप्पे घाइते भएका छन् ।

सोमबार अस्ट्रियाविरुद्ध १-० को संघर्षपूर्ण जित हासिल गर्ने क्रममा उनको नाक भाँचिएको हो । फ्रेन्च फुटबल फेडरेसनका अध्यक्ष फिलिपे डियालोले एमबाप्पेलाई शल्यक्रियाको आवश्यकता नभएको बताएका छन् ।

उनको चोटको अवस्था अझै अज्ञात रहेको छ । २५ वर्षीय खेलाडी मैदानमा नै रगताम्मे भएका थिए । उनको अनुहारभरि रगत देखिएको थियो । केही समय मैदानमा नै उनको उपचार गरेपछि उनलाई मैदान बाहिर लगिएको थियो ।