१० फागुन, काठमाडौं-भारतीय रियालिटी शो बिग बोसको १४ औँ संस्करणको उपाधि रुबिना दिलैकले जितेकी छन् ।
टेलिभिजन अभिनेत्री रुबिनाले उपाधिसँगै ३६ लाख (भारु) नगद पुरस्कार जितेकी छन् । १ सय ४० दिनको मिहिनेतपछि बिग बोसको ट्रफी उनको हात लागेको हो।
प्रतिद्वन्दी राहुल बैद्यलाई पछाडि पारेर उनी बिजेता बनेकी हुन्। राहुल वैद्य बिग बोसको यो सिजनको फस्ट रनर–अप बनेका छन् ।
उनी यसअघि इन्डियन आइडलको पहिलो सिजनमा पनि रनर–अप बनेका थिए ।