५ असार, काठमाडाैँ । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पाँचजना प्रतिवादीलाई पुर्पक्षको थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश कपिलमणि गौतमको इजलासले सत्य नारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेपनि अरू प्रतिवादीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
सीसीटीभी फुटेजमा हेर्दा पशुपतिनाथ मन्दिरको भेटी चोरेको खुलेसँगै प्रहरी वृत्त गौशालाको प्रतिवादीहरूलाई हिरासतमा राखेर अनुसन्धान सकेपछि मुद्दा अदालतमा पुगेको थियो ।
भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सत्यनारायण जोशी, सञ्जय कपाली, कुमार दमाई र अनिल परियार संलग्न रहेको भन्दै अदालतमा मुद्दा पुगेको छ ।
यसबारे बुधबार थुनछेक बहस सकिए अदालतले एक जनाबाहेक सबैलाई थुनामा पठाउने आदेश गरेको हो ।