|  

उपन्यासकार दिलु सिप्तुङ्खा राईद्वारा लिखित ‘प्रेमको लालपुर्जा’को लोकार्पण समारोहमा स्रष्टा सम्मान

१० फागुन, काठमाडौं । उपन्यासकार दिलु सिप्तुङ्खा राईद्वारा लिखित उपन्यास ‘प्रेमको लालपुर्जा’ को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले लोकार्पण गरेका छन् । समारोहमा हास्य अभिनेता गोपाल ढकाल छन्दे तथा सञ्चारकर्मी भगवती तिमल्सिनालाई कुलपति उप्रेतीले कदरपत्रद्वारा विशिष्ट सम्मान प्रदान गरेका हुन् ।

उक्त अवसरमा उपन्यासकार दिलु सिप्तुङ्खा राईलाई पनि उप्रेतीद्वारा सम्मान समेत गरिएको छ । कार्यक्रम सहयात्री दर्पण नेपालका अध्यक्ष गोबिन्द कँडेल आँसुको अध्यक्षतामा सप्पन्न भएको थियो । लोकार्पित कृतिको सम्पादन पनि कँडेलले नै गरेका हुन् ।

कार्यक्रममा समालोचक तर्कना शर्माले प्रेमको लालपुर्जामाथि समीक्षात्मक मन्तव्य राखेका थिए । राष्ट्रियसभाका सांसद अगम वान्तवा, राधेश्याम लेकाली, डा. देवी दुलाल, पदम राई, उपन्यासकार दिलु सिप्तुङ्खा राई र सञ्चारकर्मी मनुका कुँवरले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।