|  

गृहमन्त्रीविरुद्ध सहकारी ठगी आरोपमा जाहेरी दर्ता

०६ असार, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा टेकु प्रहरी परिसरमा जाहेरी दर्ता भएको छ ।

लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत जाहेरी दर्ता गराएका हुन् । उक्त जाहेरीमा सहकारी ठगी अरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रुपमा कर्जा लिई अपचलन गरेको जाहेरीमा उल्लेख छ ।