|  

कम्युटरको स्रोत सङ्केत चोरी गर्ने एक ब्यक्ति पक्राउ

०६ असार, काठमाडौं । सफ्टवेयरको सोर्स कोडमा अनधिकृत पहुँच बनाएर कम्युटरको स्रोत सङ्केत चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको महागढीमाईका ३१ वर्षीय उमेशकुमार गुप्ता रहेका छन् । उनले एनइओ एचआरआइएस नामको सफ्टवेयरको सोर्स केडमा पहुँच बनाएर बौद्धिक सम्पत्तिमा आघात गर्ने गरी स्रोत सङ्केत चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको थियो । आरोपी त्रिपुरेश्वरस्थित पावर ब्रेन नामक कम्पनीमा कार्यरत छन् । उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।