०६ असार, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ ।
फिफाले आज सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल तीन स्थान सुधार गर्दै १ सय ७५ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १ सय ७८ औँ स्थानमा थियो । फिफा विश्वकप छनोट २०२६ एएफसी एसियन कप-२०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले यमनसँग २-२ गोलको बराबरी खेलेको थियो । वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत् छ ।
यस्तै वरीयतामा फ्रान्स दोस्रो, बेल्जियम तेस्रो, ब्राजिल चौथो र इङ्गल्यान्ड पाँचौँ स्थानमा छन् । यसैगरी पोर्चुगल, नेदरल्यान्ड्स, स्पेन, क्रोएसिया र इटाली शीर्ष १० मा छन् ।