|  

भारतले गर्यो इंग्ल्यान्डविरुद्धको टी–ट्वान्टी सिरिजका लागि टिमको घोषणा

१० फागुन, काठमाडौं । भारतले इंग्ल्यान्डविरुद्धको टी–ट्वान्टी सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतले विराट कोहलीको कप्तानीमा १९ सदस्यीय टिमको घोषणा गरेको हो ।

भारतले घोषणा गरेको टिममा तीन खेलाडीले पहिलो पटक मौका पाएका छन् । ब्याट्सम्यान सुर्य कुमार यादव, विकेटकिपर ब्याट्सम्यान इशान किसन र अलराउण्डर राहुल टेवाटिया पहिलो पटक टी–ट्वान्टी टिममा परेका छन् ।

उनीहरुले २०२० को आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यस्तै टिममा रोहित शर्मा, भुवनेश्वर कुमार, ऋषव पन्त र वरुण चक्रवर्ती टिममा फर्किएका छन् ।

चोटका कारण मनिस पाण्डे, सन्जु सामसन र मयङ्क अग्रवाल टिम बाहिर रहेका छन् । भारतले घरेलु मैदानमा इंग्ल्यान्डसँग ५ खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । टी–ट्वान्टी सिरिज मार्च १२ मा शुरु हुनेछ ।