|  

नयाँ दलले पुरानालाई सम्मान गरेनन् : प्रधानमन्त्री प्रचण्ड

७ असार, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताएका छन् । 

काठमाडौँमा नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै प्रचण्डले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताएका हुन् । 

उनले नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौँको सङ्घर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दलहरूलाई अपमान गरिरहेको आरोप लगाए

नयाँ राजनीतिक दलहरूले बोल्दा हेक्का राखेर बाल्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पुराना दलहरूको प्रशंसा गर्नुपर्ने ठाउँमा अपमान गरिरहेको जिकिर गरे । उनले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्ने गरी काम गरिरहेको जिकिरसमेत गरे