|  

८ देशका लागि राजदूत सिफारिस,भारतमा लोकदर्शन रेग्मी

७ असार, काठमाडौँ । सरकारले ८ देशका राजदूत नियुक्तिका लागि  सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो ।

एमाले, माओवादी र जसपाको कोटाबाट नाम सिफारिस भएको हो । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूत सिफारिस भएका छन् । त्यस्तै, चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क, डा विजन पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन, नेत्रप्रसाद तिमल्सेना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भएका छन । रास्वापाको कोटाको पछि सिफारिस हुनेछन् ।